बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि आज बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय लिएको हो ।

बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले जानकारी दिए । शिक्षक महासङ्घको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।

शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेको बेला बोर्डले परीक्षा नरोक्ने निर्णय गरेको हो । आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार