वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आग्रह गरेका छन् ।

शुक्रबार साँझ कतारको राजधानी द्वोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने गलत भाष्य निर्माण गर्ने काम भएको बताए ।

“नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ, विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ,” उनले भने, “नेपालमा पनि विदेशमा जस्तै मिहिनेत गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।”

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार