सुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार?

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८०० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार