सुशीला कार्कीद्वारा सरकारी गाडी सरकारलाई नै फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छिन् ।

उनले शुक्रबार दिउँसो गाडी फिर्ता गराएकी हुन् । कार्कीले प्रयोग गर्दै आएको गाडीमा समस्या आइरहेको र अत्यधिक इन्धन लाग्ने देखिएपछि गाडी फिर्ता गरिएको हो ।

कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलका अनुसार, अहिले कार्कीसँग कुनै पनि सरकारी गाडी छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार