काठमाडौं । एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी (स्ट्रेइट थ्रो प्रोसेसिङ) अवार्ड २०२५’ प्राप्त गरेको छ ।
बैंककाअनुसार यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो । “यो अवार्ड पूर्ण रूपमा स्वचालित र सरल ढंगले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रधान गर्ने सीमित बैंकहरू मात्र प्रदान गरिन्छ । यसले एनएमबि बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा द्रुत र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँदछ,” जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने आफूहरूको निरन्तर प्रयासको यो उपलब्धि भएको बताउँछन् । उनी भन्छन्, “उच्च मापदण्ड कायम राख्दै हामी छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।”
यस उपलब्धिले एनएमबि बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको बैंकको भनाइ छ ।