‘आमाको मुख हेर्ने’ पर्व आज ! देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख हेर्ने’ पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। सोही अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा श्रद्धालुको भीड लागेको छ ।

जन्मदाता आमाप्रति कृतज्ञता व्यक्त गर्ने यस दिन छोराछोरीले आमालाई मीठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद थाप्ने परम्परा रहँदै आएको छ।

वैदिक सनातन परम्पराअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि महान् मानिन्छिन्। शास्त्रमा यस दिन आमाप्रति श्रद्धा प्रकट गर्दै उहाँको सम्मान गर्ने र आशिर्वाद ग्रहण गर्ने चलन रहेको उल्लेख छ। बिहानै स्नान गरी आमालाई मनपर्ने परिकार खुवाउने तथा सम्मान प्रकट गर्ने संस्कार नेपाली समाजमा विशेष रूपमा पालन गरिन्छ।

आमा दिवङ्गत भइसकेकाहरूले भने तर्पण, पिण्डदान र सिदादान गरी श्राद्ध गर्ने गर्छन्। यसरी गरिएको कर्मबाट दिवङ्गत आमाको आत्मा प्रसन्न भई सन्तानलाई आशीर्वाद दिने धार्मिक विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार