आज फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । शुक्रबार केही मात्रामा घटेको सुनको भाउ आइतबार साढे नौ हजार रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजारमा ती लाख पाँच सय रुपियाँमा सुनको कारोबार भइरहेको छ ।

यता, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ५ हजार १० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार