काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४२ सय र चाँदी प्रतितोला २७० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ७१० रुपियाँमा कारोबार भइरहेको छ ।
यसअघि माघ १५ गते सुन हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय र चाँदी प्रतितोला ७ हजार ३ सयमा कारोबार भएको थियो ।