अर्धवार्षिक बजेट समीक्षा : पुँजीगत खर्च र राजस्व संकलनमा चुनौती 

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वार्षिक लक्ष्यको ४६.०६ प्रतिशत बजेट खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.७५ प्रतिशतले बढी हो । यद्यपि, सरकारका लागि पुँजीगत खर्च र राजस्व संकलन भने अझै पनि मुख्य चुनौतीका रूपमा देखिएका छन् ।

बजेट खर्चको अवस्था चालु आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये पुस मसान्तसम्म नौ खर्ब चार अर्ब ६४ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । जसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा ४०.८२ प्रतिशत (चार खर्ब ८२ अर्ब १० करोड ८० लाख) खर्च भएको छ ।

यता, पुँजीगत खर्चतर्फ चार खर्ब ७ब ७८ करोड ८० लाख विनियोजन गरिएकोमा मात्र ११.६६ प्रतिशत (४७ अर्ब ५४ करोड ४० लाख) खर्च भएको छ, जुन गत वर्षको तुलनामा ४.८६ प्रतिशतले कम हो ।

यस्तै, वित्तीय व्यवस्थामा यस क्षेत्रको खर्च भने ५३.२९ प्रतिशतले बढेको छ ।

राजस्व संकलनको क्षेत्रमा सरकारलाई ठूलो दबाब परेको देखिन्छ । किनभने, पुस मसान्तसम्म सात खर्ब ११ अर्ब २० करोड ७९ लाख राजस्व उठाउने लक्ष्य राखिएको भए तापनि पाँच खर्ब ८१ अर्ब ४० करोड ७२ लाख मात्र संकलन भएको छ । यो लक्ष्यभन्दा एक खर्ब २९ अर्ब ८० करोड रुपैयाँ कम हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार