‘निपाह’ भाइरसको उच्च जोखिममा नेपाल, सावधानी अपनाउन विज्ञको सुझाव

काठमाडौं । निपाह भाइरसको जोखिम बढेको भन्दै विज्ञले सतर्कता अपनाउन आग्रह गरेका छन् । पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग रहेको भन्दै चिकित्सकले यसबाट बच्न आग्रह गरेका छन् । भारतको पश्चिम बंगालमा निपाहको संक्रमण देखिएसँगै नेपालमा पनि यसको जोखिम उच्च भएको हो । नेपाल उच्च जोखिममा रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्राललय स्वास्थ्य विपद् तथा आपतकालिन केन्द्रले सीमानाका, स्वास्थ्य संस्था र अस्पताल सवैलाई उच्च सतर्कतामा राखेको जनाएको छ ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा यसको जोखिम उच्च रहेको बताए ।

भारतको पश्चिम बंगालामा गत सोमबार पहिलो व्यक्तिमा पहिचान भएको थियो । यो अवधिमा पाँच जनामा संक्रमण पुष्टि भएको र एक जनालाई क्वारेनटाइनमा राखिएको छ । तीमध्ये ३० जनालाई उच्च निगरानीमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । संक्रमित मध्येमा दुई नर्स, एक चिकित्सक र स्वास्थ्य कर्मचारीसहित छन् । ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र आइसियुमा उपचार भइरहेको छ ।

कसरी बच्ने ?  

–फलफूल राम्रोसंग पखालेर खाने

–तरकारी सकेसम्म पकाएर खाने

–गाइवस्तुको गोठ र फार्म सफा राख्ने

–मासु काट्दा या पकाउँदा मास्कको प्रयोग गर्ने

–सकेसम्म पानी उमालेर पिउने

–बेला–बेलामा सावुनपानीले हात धुने

–भीडाभाडमा जाँदा मास्क लगाउने

प्रतिक्रिया
सम्बन्धित समाचार