काठमाडौं । साताको अन्तिम कारोबारका दिन सेयर बजार नौ अंकले बढेको छ । बिहीबार (माघ ८) बजार ९.२३ अंकले बढेको हो ।
योसँगै बजार मापक २७१४.६१ विन्दुमा कायम भएको छ । बुधबार (माघ ७) नेप्से ९.४३ अंकले घटेको थियो ।
बजारसँगै १६२ कम्पनीको सेयर मूल्य बढेको छ । ८८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
कारोबार रकम पनि बढेको छ । नौ अर्ब सात करोड ३९ लाख ७८ हजार ९८ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ९० लाख ७५ हजार कित्ता सेयर ९४ हजार १७४ पटकमा खरिद–बिक्री भएको हो । बुधबार आठ अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर कारोबार बिक्री भएको थियो ।
एसवाई प्यानल, श्रीनगर एग्रोटेक, त्रिशूली जलविद्युत् र कर्पोरेट डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । योसँगै एसवाई प्यानलको सेयर मूल्य प्रतिकित्ता १,७१०.५०, श्रीनगर एग्रोटेकको १,३९८.१०, त्रिशूली जलविद्युत् कम्पनीको ४२५.७० र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १,७७५.३० रुपैयाँ पुगेको छ ।