चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा, देउवा र खनाल बाहिरै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक दुई पूर्व प्रधानमन्त्रीहरूले मनोनयन दर्ता गराएनन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले ३५ वर्षीय संसदीय राजनीतिमा विश्राम लगाएका हुन् ।

विशेष महाधिवेशनलाई अवैध भन्दै सर्वोच्च अदालतमा कानुनी प्रतिवादमा उत्रिएका देउवालाई कांग्रेसले चुनावी प्रतिस्पर्धामा नउतार्ने निर्णय लियो । यता, नेपाल कम्युनिस्ट पार्टीबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि यसपटक संसदीय प्रतिस्पर्धामा उत्रिएनन् । खनाल एमाले र एकीकृत समाजवादीमा रहँदा इलाम १ बाट चुनाव लड्दै आएका थिए । इलाममा नेकपाले पूर्व मेयरलाई उमेदवार बनाएको छ ।

देउवा र खनालबाहेक पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चुनावी मैदानमा छन् । एमाले अध्यक्ष ओली झापा ५ बाट चुनावी प्रतिस्पर्धामा छन् । नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वबाट चुनावी मैदानमा छन् । पूर्वप्रधानमन्त्री नेपाल रौतहट १ बाट मनोनयन दर्ता गराएका छन् । भट्टराईले गोरखा २ बाट मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार