सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २९ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको ८२ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार