नेको इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ३ प्रतिशत बोनस शेयर र १२.७८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णग गरेको कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार