हिमालयन बैंकको ७३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ७३ हजार ६९.६६ कित्ता संस्थापक शेयर बिक्रीका लागि प्रस्ताव गरेको छ।

बैंकका अनुसार जीतकुमार श्रेष्ठको नाममा रहेको २० हजार ४८२.०८ कित्ता, महेन्द्रनाथ कर्माचार्यको २० हजार २९७ कित्ता, घनमान बज्राचार्यको १९ हजार ४९२.१३ कित्ता, तुलसीराम नेपालको ७ हजार ४०९.५६ कित्ता, हरिप्रसाद प्रसाईंको ५ हजार २८८.८९ कित्ता तथा जयन्तकुमार अग्रवालको १०० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

प्रचलित नियमअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो अधिकार सोही बैंकका विद्यमान संस्थापक शेयरधनीलाई हुने भएकाले हाल यी शेयर उनीहरूले मात्र खरिद गर्न पाउनेछन्।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको बैंकको कानुन विभागमा आवश्यक निवेदन पेश गर्नुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट आवेदन नआएमा ती शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार