अधिकांश काठमाडौंका विद्यालयहरू आज किन बन्द ? 

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आज बन्द भएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेपछि विद्यालय बन्द भएका हुन् ।

उपत्यकाका विद्यालयले विद्यार्थी र अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द रहने जानकारी दिएका छन् ।

नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन जनपक्षीय विद्यार्थी युनियन, नेपालले विभिन्न १८ बुँदे माग राखेर हड्तालको घोषणा गरेको छ । युनियनले विद्यालयले उठाउँदै आएको शूल्कमा ५० प्रतिशत घटाउनुपर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्णरूपमा लागु हुनुपर्ने माग गरेको छ ।

युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले विदेशमा रहेका नेपाली विद्यार्थीले आउँदो चुनावमै भोट हाल्न पाउनुपर्ने माग रहेको बताइन् । “हाम्रो मागका प्याब्सन र एनप्याब्सनले पनि सहमति जनाएर स्कुलहरू बन्द गर्नुभएको छ,” उनको दाबी छ, “स्कुलहरूको पनि सहमति छ ।

सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामा अध्ययन–अध्यापन गराउनुपर्ने, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई मासिक ५०० रुपैयाँ विद्यार्थी भत्ता उपलब्ध गराउनुपर्ने युनियनको माग छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार