शेयर बजार आज २६ सय बिन्दुबाट तल झर्यो

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको छ । आज नेप्सेमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २५९५.१० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा सेयर कारोबार भएका मध्ये २०७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । आज ७ वटा कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।

आज नेप्सेमा एसवाई प्यानलको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सिन्धु विकास बैंकको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से घट्दा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार भनेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार