भुजुङ हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले गत मंसिर ११ गते २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरको १० लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाँउपालिकाको वडा नं. ४ प्रत्यक्ष प्रभावित क्षेत्रको लागि ६० प्रतिशत अर्थात् ६ लाख कित्ता र सोही गाँउपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८, १ अप्रत्यक्ष प्रभावित क्षेत्रको लागि ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर स्थानीय सम्पूर्ण वडाबासी बासिन्दाहरुको लागि निष्काशन खुला गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार