सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख ८० हजार नाघ्यो!

काठमाडौं । सुनको मूल्य आज बिहीबार तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार (चैत २०) छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य तोलाको एक हजार ९९५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार