मधेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा तीन मन्त्री नियुक्त

काठमाडौँ – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले तीन मन्त्री नियुक्त गरेका छन् ।

संविधानको धारा १६८ को उपधार (३) बमोजिम आज बिहान मुख्यमन्त्रीमा नियुक्त भएका यादवले आजै तीन मन्त्री नियुक्त गरेका हुन् ।

उनले एमालेबाट लखन दास, संघीय समाजवादीबाट विमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छालाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे टुंगो लागेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार