आज मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो

काठमाडौँ – आज मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड राखिरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

सोमबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७९ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार आठ सय रूपैयाँ बढी हो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर छ।

प्रतिक्रिया
सम्बन्धित समाचार