काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम १४ गते शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ ।
साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि अधिकांश बदली रहेको छ ।
पछिल्लो १२ घन्टामा मोरङको हरैँचामा सर्वाधिक वर्षा भएको छ। हरैँचामा १४०.६ मिलिमिटर वर्षा भएको छ।
त्यसपछि सप्तरीको बरमझियामा १०५.६ मिलिमिटर वर्षा भएको छ । उदयपुरगढीमा ८३.२, गाईघाटमा ७४, मुर्कुची बजारमा ७३।६, चुरेमाईमा ७२.४, लाहानमा ७१.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल कोशी, मधेस , बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।