पियोर इनर्जीले चैत २८ देखि सर्वसाधारणमा आईपीओ बिक्री गर्ने

काठमाडौं । चैत २८ गतेदेखि पियोर इनर्जी लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र र १ लाख ४४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो । यो शेयरमा लगानीकर्ताले छिटोमा आगामी वैशाख २ गते र ढिलोमा ११ गतेसम्म आवेदन दिन पाउनेछन् । न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार