सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज काराेबार ?

 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज उच्च मूल्यबाट सुन ४२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ६० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तीन हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार