वाग्मतीसहित यी प्रदेशमा आज धेरै भारी वर्षा हुने

काठमाडौं । केही प्रदेशमा आज वर्षाको सम्भावना छ । केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंलगायत केही स्थानमा वर्षा सुरु भइसकेको छ । काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा पूर्ण बदली रहनेछ । बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार