आगामी २४ घण्टाको मौसम कस्तो हुनेछ ?

काठमाडौं । हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज (असोज १७) दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति, सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार