तुइनखोला पुलनजिक फेरि खस्यो पहिरो, आवागमन दुईतर्फी बन्द

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि पहिरो गएको छ । सोमबार (असोज १३) बिहान पहिरो खसेका कारण आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

हाल सो क्षेत्रमा पहिरो झर्ने क्रम जारी नै छ । पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुने जनाएको छ ।

ूमुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुलनजिकै पहिरो खसेर आवागमन दुईतर्फी बन्द भएको छ,ू कार्यालयले भनेको छ, ‘पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार