पढाइका लागि विदेशिने बढे, एक महिनामा बाहिरियो १४ अर्ब ३१ करोड

काठमाडौँ – देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड रुपैयाँ व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ थियो ।

चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोड रुपैयाँले घाटामा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार