काठमाडौं । शुक्रबार भएका राजावादी आन्दोलनमा सहभागी १११ जना पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, धर्मगुरु पुष्कर खतिवडासहित १११ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं फरार छन् ।
“अहिलेसम्म पक्राउको संख्या १११ जना पुगेको छ । पक्राउमाथि अनुसन्धान थालेका छौँ । दुर्गा प्रसाईं भने फरार छन,” एसपी बोहोराले भने ।
प्रसाईंको खोजीकार्य जारी रहेको प्रहरीे जनाएको छ । प्रहरीका अनुसार प्रसाइँको अन्तिम लोकेशन भैँसेपाटी खुलेको थियो । तर, आज बिहान त्यहाँबाट पनि उनी अन्यत्र भागेको प्रहरीको अनुमान छ ।