काठमाण्डौ । पूँजीबजारमा आईपीओ र एफपीओमार्फत लगानीकर्तालाई सधैं ठूलो फाइदा नै हुन्छ भन्ने हुँदैन । यसको पछिल्लो उदाहरण हिमालयन बैंकलाई लिन सकिन्छ । बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता रु। १०० अंकित दरमा रु.५७ प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो ।
उक्त एफपीओमा लगानीकर्ताले प्रतिकित्ता १५७ रुपैंयाँका दरले लगानी गरेका थिए । लगानीकर्ताहरुलाई धितोपत्र बोर्डको १० कित्ते नियमअनुसार १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको थियो । जसअनुसार यो कम्पनीको आज दोस्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता २०२ रुपैंयाँ पुगेको छ ।
जसअनुसार यो कम्पनीको एफपीओ पर्नेलाई जम्मा ४५० रुपैंयाँ मात्रै फाइदा भएको छ । यसमा पनि सीआस्वा शुल्क रु ५ , पूँजीगत लाभकर , ब्रोकर कमिसन , डिपी शुल्क , सेबोन फि काट्दा लगानीकर्तालाई १० कित्ताबाट जम्म ३५० रुपैंयाँ मात्रै नाफा हुन्छ ।