सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड ! तोलाकै २ लाख ३ हजार पुग्यो

काठमाडौं– आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य ३ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढेर २ लाख रुपैयाँ क्रस गरेको थियो । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार आइतबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ कायम भएकोमा आइतबार बढेर २ हजार ४२५ रुपैयाँ प्रतितोला पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार