भारतको निर्यात संकटमा : ५० प्रतिशत अमेरिकी शुल्क लागु, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरे । उक्त ट्यारिफ ७ अगस्टदेखि लागू भयो। त्यसमा थप २५ प्रतिशत ट्यारिफ बुधबारदेखि लागू भएपछि भारतमाथि कुल ५० प्रतिशत शुल्क पुगेको छ ।

भारतबाट अमेरिका पठाइने सामानमा २७ अगस्टदेखि ५० प्रतिशत ट्यारिफ लागू भएको हो। ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीआईआरटी) को रिपोर्टअनुसार नयाँ शुल्कले भारतको करिब ५.४ लाख करोड भारतीय रुपैयाँको निर्यात प्रभावित पार्नेछ।

५० प्रतिशत ट्यारिफ लागेपछि अमेरिका भित्रिने भारतीय कपडा, रत्न–गहना, फर्निचर, सी–फुडजस्ता उत्पादन महंगा हुनेछन्। यसका कारण यी वस्तुको मागमा करिब ७० प्रतिशतले कमी आउने अनुमान गरिएको छ।

चीन, भियतनाम र मेक्सिकोजस्ता कम शुल्क लाग्ने देशहरूले यी सामान सस्तो मूल्यमा आपूर्ति गर्ने भएकाले अमेरिकी बजारमा भारतीय कम्पनीहरूको हिस्सेदारी घट्ने जोखिम बढेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार