ईक्यान ललितपुरद्वारा ‘नेक्स्टजेन ग्राण्ड एजु एक्स्पो २०२५’ आयोजना हुने

ललितपुर – ईक्यान ललितपुर (Educational Consultancy Association of Nepal) ले ‘ईक्यान ललितपुर नेक्स्टजेन ग्राण्ड एजु एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । २७ अगस्ट २०२५ (भदौ ११, २०८२) मा होटल हिमालय, कुपण्डोल, ललितपुरमा उक्त एक्स्पो “Inspiring Dreams, Guiding Futures — Together” मूल नाराका साथ सञ्चालन हुने भएको हो।

यस कार्यक्रम मार्फत विद्यार्थी र अभिभावकलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने, अध्ययन अवसरबारे विस्तृत जानकारी लिने तथा आफ्नो भविष्यको योजना बनाउन अद्वितीय अवसर प्रदान हुनेछ।

पत्रकार सम्मेलनमा स्वागत मन्तव्य ईक्यान ललितपुरका सचिव सनम महर्जनले दिँदै उक्त एक्स्पोले ललितपुरका विद्यार्थीलाई घरमै विश्वस्तरीय शैक्षिक विकल्प पाउन सहज बनाउने उद्देश्य रहेको बताए। उनले यस किसिमको मेलाले विद्यार्थीलाई सही निर्णय लिन र अभिभावकलाई विश्वासिलो जानकारी प्राप्त गर्न मद्दत गर्नेमा पनि जोड दिए। यस्तै अध्यक्ष अरविन्द कुमार सिंहले एक्स्पोबारे विस्तृत जानकारी दिँदै, “यो अवसर नछुटाउनुहोस्। आफ्ना Queries, Doubts and Dreams लिएर आउनुहोस् भन्ने संदेश प्रबाह गरे ।

एक्स्पोको ग्राण्ड शैक्षिक महोत्सवमा अष्ट्रेलिया, न्यूजील्यान्ड, बेलायत, अमेरिका, यूएई, साइप्रस, मलेशिया, भारत र नेपालका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी हुनेछन्। सहभागी संस्थानहरूमा युनिभर्सिटी अफ वैकाटो, युनिभर्सिटी अफ अकल्याण्ड, रोयल रोड्स युनिभर्सिटी, लिभरपुल जोन मुरेस युनिभर्सिटी, वेब्स्टर युनिभर्सिटी, एनएपीएस, एसएएचई, यूक्लान युनिभर्सिटी–साइप्रस, शूलिनी युनिभर्सिटी–भारत साथै नेपालका एआइटीएम कलेज र द वेस्टमिनिस्टर कलेज रहेका छन्। साथै, अष्ट्रेलियाका प्रतिष्ठित कलेज Queensford College र Fusion College of Technology पनि यस कार्यक्रममा सहभागी हुनेछन्।

ईक्यान ललितपुरले स्थापनाकाल देखिनै पारदर्शिता, नैतिक अभ्यास र भरपर्दो सेवामा विशेष जोड दिएको छ। यसै प्रतिबद्धताको आधारमा यस महोत्सवमार्फत विद्यार्थी र अभिभावकलाई सुरक्षित र सहज वातावरणमा विश्वस्तरीय शैक्षिक अवसर उपलब्ध गराउने उद्देश्य लिएको छ ।

कार्यक्रम बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म कुपण्डोलस्थित होटल हिमालयमा हुनेछ। यस कार्यक्रममा ईक्यान ललितपुरका कार्यसमिति सदस्यहरू, ईक्यान केन्द्रीय समितिका प्रतिनिधिहरू र शैक्षिक क्षेत्रमा संलग्न विज्ञहरूको पनि उपस्थिति रहनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार