बुङ्गल हाइड्रोले सर्वसाधारणका लागि भदौ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले यही भदौ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर जारी गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते हुनेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत गत असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ । कम्पनीले गत असार १५ गते आइपीओ निष्कासनको अनुमति पाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार