काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले गिरावट भएको छ। यसअघि मंगलबार १० अंकले बढेर बन्द भएको थियो।
बुधबार सेयर बजार परिसूचक ९.७० अंकले गिरावट हुँदै २७७० को विन्दुमा बन्द भएको हो। सेयर बजार गिरावट भएसँगै कारोबार रकमसमेत खुम्चिएको छ।
आज सेयर बजारमा जम्मा पाँच अर्ब बराबरको सेयर कारोबार भएको हो। मंगलबार झण्डै ६ अर्ब मूल्य बराबरको सेयर कारोबार भएको थियो।
सेयर बजारमा आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। आज दुई कम्पनीको सेयर मूल्य स्थिर बनेको छ।
होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढ्यो भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो। बाँकी सबै समूहको गिरावट दर १ प्रतिशत मुनि रह्यो।