काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरिरहेको छ । बजार तल झर्दा कारोबार रकम पनि निकै घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.२२ अंकले तल झरेको छ । ०.९२ प्रतिशतले बजार घट्दा नेप्से २७९६.२४ अंकमा ओर्लिएको हो ।
समग्रमा बजार घटे पनि होटल समूह भने १.३२ प्रतिशतले उचालिएको छ । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३२३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार ६ सय ७५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५ सय ७.८२ रुपियाँ बराबरको कारोबार भएको छ ।
सिटी होटल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशत नाफा कमाउँदा सिक्लेस हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।