शेयर बजारमा आज उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९७ प्रतिशत अर्थात २७.९० अंकले घटेर २ हजार ८२२.४६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४८५.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर १० अर्ब २१ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको कारोबार गत बिहिबारको तुलनामा भने बढी हो । उक्त दिन ८ अर्ब ५३ करोड बढीको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार