इजरायलले अब गाजा सहर कब्जा गर्ने, सुरक्षा मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– इजरायलले अब औपचारिक रूपमै गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । यसअघि गाजापट्टी मानवरहित बनाउने चेतावनी दिँदै आएको इजरायलले शुक्रबार भने सम्पूर्ण गाजामाथि कब्जा गर्ने घोषणा गरेको हो ।

इजरायलको सेक्युरिटी क्याबिनेटले गाजामाथिको कब्जा(योजनालाई शुक्रबार बिहान स्वीकृति दिएको हो । त्यससँगै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका लागि भन्दै ५ बुँदे सिद्धान्त सार्वजनिक गरेको छ ।

‘युद्ध क्षेत्रबाहिर रहेका सर्वसाधारणलाई मानवीय सहायता उपलब्ध गराउनेक्रममा इजरायली सुरक्षा बल (आईडीएफ) ले गाजा सहर कब्जामा लिनका लागि आवश्यक तयारी गर्नेछ।’

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामाथि पूर्ण कब्जा गरिने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी गाजामाथि पूर्ण रूपमा कब्जा चाहन्छौँ । हाम्रो सुरक्षा सुनिश्चित गर्नका लागि हामीले गाजाबाट हमासलाई हटाउन चाहन्छौँ । गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार