एक बर्षमा म्यूचल फण्डले कमायो सात अर्ब १० करोड नाफा

काठमाडौं । गत आर्थिक बर्ष २०८१–८२ मा ४५ वटा सामुहिक लगानी कोष (म्यूचल फण्ड) ले कूल सात अर्ब १० करोड २७ लाख ३९ हजार रुपियाँ खुद नाफा कमाएका छन् । म्यूचल फण्डहरुले सार्वजनिक गरेको गत आवको असार मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

समीक्षा बर्षमा ४४ म्यूचल फन्ड खुद नाफामा देखिएको छ । एक म्यू्चल फण्ड भने नोक्सानीमा देखिन्छ ।

बिभिन्न बैंक तथा वित्तीय संस्था र कम्पनीहरुले सञ्चालित म्यूचल फण्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत भएर त्यसको इकाईको खरिद बिक्री पनि हुन्छ । साथै, म्यूचल फण्डले सेयर कारोबार लगायतका क्षेत्रमा लगानी समेत गर्छन्, त्यसबाट गत आवमा उनीहरुले सो बराबरको नाफा कमाएका हुन् । २०८१ सम्म शेयर बजारमा ४५ म्यूचल फण्डले ४८ अर्ब ७२ करोड ७० लाख ४९ हजार रुपियाँ लगानी गरेका छन् ।

उक्त अवधीमा एनएमबी सरल बचत फन्ड ‘इ’ सबै भन्दा धेरै नाफा कमाएको छ । उक्त म्यूचल फण्डले ३७ करोड ७३ लाख ९१ हजार रुपियाँ नाफा कमाएको छ । दोस्रो स्थानमा भने प्रभु सेलेक्ट फन्ड देखिएको छ । उक्त म्यूचल फण्डले ३६ करोड ९१ लाख २१ हजार रुपियाँ नाफा कमाएको छ ।

तेस्रोमा भने एनआईबीएल सहभागिता म्यूचल फण्ड देखिएको छ, उक्त म्यूचल फण्डले ३४ करोड १३ लाख ८८ हजार रुपियाँ खुद नाफा कमाएको छ । एनआईबीएल समृद्धि फन्ड २ भने नौ करोड ८४ लाख ५० हजार रुपियाँले नोक्सानीमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार