सेयर कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अब सेयर कारोबार गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम नेप्सेले अब सेयर कारोबार गर्नका लागि नयाँ ब्रोकर खाता खोल्दा रा ष्ट्रिय परिचय पत्र अनिवार्य गराएको छ ।

नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई पत्र जारी गर्दै राष्ट्रिय परिचयपत्रको आधारमा ग्राहक पहिचान र संपुष्टी गर्ने व्यवस्थाको कार्यान्वयन तथा केवाइसीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्नुका साथै सोको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्था गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको हो ।

योसँगै अब सेयर कारोबार गर्न चाहाने लगानीकर्ताहरुले ब्रोकर खाता खोल्दा केवाइसी फर्म भर्दा राष्ट्रिय परिचय पत्र पनि अनिवार्य समावेश गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार