काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि एकैदिन तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।