कच्चा तेलको मूल्य फेरि बढ्न थाल्यो, ब्यारेलको ७६ डलरनजिक

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि उकालो लागेको छ । कच्चा तेलको भाउ बढेर ब्यारेलको ७५ डलरमाथि पुगेको छ । गत राति मुरबान क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ७५.२५ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ । ब्रेन्ट क्रुडमा ब्यारेलको ७२.६३ र डब्ल्यूटीआई क्रुडमा ६९.२२ डलरमा कारोबार भएको छ । ब्यारेलको ६५ देखि ७० डलरको बीचमा रहेको कच्चा तेलको भाउ यो सातादेखि बढ्न थालेको हो । कच्चा तेलको मूल्य सन् २०२५ बाँकी समय प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा कम रहने पूर्वानुमान सार्वजनिक गरिएकोमा फेरि बढ्न थालेको हो ।

तेल उत्पादक तथा निर्यातक मुलुकहरूको संगठन ९ओपेक प्लस०ले उल्लेखनीय उत्पादन वृद्धिको घोषणा गरेपछि पनि विश्लेषकहरूलाई आश्चर्यचकित पार्दै कच्चा तेलको मूल्य बढेको छ । गोल्डम्यान स्याक्स, मोर्गन स्टेनली र जेपी मोर्गनलगायत प्रमुख तेलमा लगानी बैंकहरूले यस वर्ष ब्रेन्ट क्रुडको मूल्य औसतमा ब्यारेलको ६६.३२ र डब्ल्यूटीआई क्रुडको औसतमा ६३.०३ हुने अनुमान गरेका छन् । गत जुनमा रोयटर्स सर्वेक्षणले पनि मूल्य पूर्वानुमानमा थोरै वृद्धि देखाएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसमम पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार