झापा इनर्जीको आईपीओ आजदेखि, कसले कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो ।

कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरिनेछ ।

आयोजना प्रभावितका लागि छुट्याइएको १ लाख ९० हजार ९५ कित्ताका आईपीओमा​ झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ स्थित आयोजनाको १०० मिटर वरपर बस्नेले र बाँकी १ लाख ९० हजार ९५ कित्ताका लागि सोही आयोजनाको १०० मिटर वरपरको क्षेत्रबाहेकमा बस्नेले आवेदन दिन सक्नेछन् ।

प्रभावितले आयोजना स्थान शिवसताक्षी वडा नं। ४, हिमालयन बैंकका शाखाहरू दूधे, दमक, सुरुंगाका साथै माछापुच्छ्रे बैंकको शाखा सुरुंगा, दमकमा पनि दरखास्त फाराम प्राप्त गर्न सक्नेछन् । ती फाराम सोही स्थानमा बुझाउन सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार