कुमारी सुनौली लगानी योजनाको ८.८८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कुमारी सुुनौलो लगानी योजनाको प्रतिफल (लाभांश) घोषणा गरिएको छ ।

कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी लगानी कोषअन्तर्गत सञ्चालित उक्त खुलामुखी योजनाको आर्थिक वर्ष २०८१ ०८२ का लागि करसहित ८.८८ प्रतिशत लाभांश घोषणा गरिएको हो ।

क्यापिटलले लाभांश वितरण प्रयोजनार्थ मंगबार (साउन १३ गते) बुक क्लोज गरिसकेको छ । त्यसैले साउन १२ गतेसम्म कायम इकाइधनीले उक्त प्रतिफल पाउनेछन् ।

खुलामुखी यस योजनामा लगानीकर्ताले पुनः प्रतिफल रकम लगानी गर्न सक्नेछन् ।

पुनः लगानी योजनामा सहभागी नहुने इकाइधनीको लाभांशबापतको रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार