सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार