सुनको मूल्य आज स्थिर

काठमाडौं– नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।

यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ। आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज सोमबार रु ५ बढेर तोलामा २ हजार २९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार