एनआईसी एशियाको ७ लाख शेयर प्रतिकित्ता रु १९० मै बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक समूहको ७ लाख ५ हजार ९५० कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १९० रुपियाँमा विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको हो ।

यसमा खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य बोलकबोल गरी न्यूनतम १ हजार कित्ता र अधिकतम सबै कित्ता शेयर माग गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरिद गर्न इच्छुक व्यक्तिले आवश्यक कागजातसहित यही साउन २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार