गाजामा कुपोषणबाट २ जनाको मृत्यु, भोकमरीबाट मर्नेको संख्या ११३ पुग्यो

काठमाडौं– गाजामा कुपोषणका कारण दुई जनाको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

यसका साथै भोकमरीबाट मर्नेको संख्या ११३ पुगेको छ । यसै साताको सुरुवातमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको २१ लाख जनसंख्या आपूर्तिको गम्भीर सामना गरिरहेको बताएका थिए ।

कुपोषण बढ्दै गएको र भोकमरीको असर दैलोमा पुगेको उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार