झिनो अंकले बढ्यो शेयर बजार, पाँच कम्पनीमा सकारात्मक सर्किट 

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेप्से परिसूचक ०.३२ अंकले बढेर २,८७०.९५ विन्दुमा बन्द भएको छ ।

कारोबार रकम भने झन्डै पाँच अर्बले बढेर २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत बिहीबार १६ अर्ब ५९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज एक लाख ७८ हजार १७६ पटकमा पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा १०५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४४ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेका अनुसार, ९ प्रतिशतभन्दा बढी सेयरमूल्य बढ्नेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भी इनर्जी, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छन् ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार