काठमाडौं । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडले आज (असार ३२ गते) देखि ऋणपत्र निष्कासन गर्दैछ ।
बैंकले १० वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर रहेको ‘शाइन रेसुंगा डिबेन्चर’ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।
बैंकले जेठ २ गते नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपियाँबराबरको प्रतिइकाइ १ हजार रुपियाँका दरले कुल १० लाख इकाइ ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् ४ लाख कित्तामध्ये २० हजार सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।
यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको निष्कासन बन्द साउन ४ गते हुनेछ । तर तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा म्याद १४ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ ।
बैंकको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।